23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

टुटेपानीमा अन्तरक्रिया

भानु/भानु नगरपालिकाको टुटेपानीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको टोली पुगेर सुक्रबार अन्तरक्रिया गरेको छ ।
भानु नगरपालिका वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रियामा सहभागिहरुले टुटेपानी होमस्टेमा आउने बाटोको अवस्था कमजोर भएको सवाल उठाएका थिए । साथै आउने पाहुनाहरुलाई स्नान गृहका साथै शौचालयको राम्रो प्रबन्ध नभएको तर्फ ध्यानाकर्षण गराएका थिए ।

नेपाल भ्रमण बर्षको सन्दर्भमा राज्यसंग जनअपेक्षा के छ भनि बुझ्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको नेतृत्वमा आएको टोलीसंग टुटेपानी होमस्टेका तर्फबाट भौतिक पूर्वाधार सुधारको लागि संघीय सरकारको पनि लागत सहभागिताको अपेक्षा प्रकट गरेका थिए । क्याप्टेन होमबहादुर गुरुङ्गको सभातित्वमा सो अन्तरक्रिया कार्यक्रम भएको थियो ।a

Related posts

उपेक्षामा शिक्षक तर गर्दैनन् आफु उपेक्षित भएका कुरा

admin

सन्दर्भ नागरिकता विधेयकको

admin

कार्यकारी प्रमुखको स्वास्थ्य अवस्था

admin