22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

२०७६ साललाई विदाई गर्दै

अधिकारी, चन्द्रमणि

आदरणीय पाठक वर्ग !
तनहुँ आवाज साप्ताहिकमा अचम अर्थात पंक्तिकार अधिकारी, चन्द्र मणिको स्तम्भ लेखन शुरू गरेको आज ११ हप्ता पूरा भएको छ । यस बिचमा पाठकहरू समक्ष विभिन्न परिकार पस्कने काम भयो ।

आदरणीय पाठकगण !
प्राकृतिक प्रकोपको रूपमा भर्खरै मात्र ठूलो जनधनको क्षति भयो । यौटा नेपालीलाई दुख पर्दा अर्काे नेपाली पनि मर्माहत हुनु स्वाभाविक हो । जे जसरी होस्, २०७५ साल क्यालेन्डरको पाना बनेर इतिहासको विषय हुनेछ । आउनुहोस्, हामी सबै मिलेर २०७६ को नयाँ वर्षलाई स्वागत गरौं । स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरू समस्त मानव जातिमा नयाँ वर्ष २०७६ को सुस्वास्थ्य, सुख, समृद्धिको हार्दिक मङ्गल शुभकामना प्रकट गर्न चाहन्छु ।

नयाँ वर्ष २०७६ आउनुस् हामी सबै नयाँ किसिमबाट स्वागत गरौं ।
नयाँ वर्षलाई आनन्दको, उमङ्गको, उत्साहको, प्रगतिको, उल्लासको पर्वको रूपमा मनाऔं । अभावलाई सम्पन्नताले, रोगलाई आरोग्य, सन्देहलाई विश्वासलृे, अविश्वासलाई सहयोगले विस्थापित गरोस् । हामी नयाँ वर्ष २०७६ मा सबैमा सद्भाव, सहमति, सहकार्यको संस्कार विकास गरौं ।नयाँ वर्षमा हामी पूर्ण आत्मविश्वासका साथ नवीन कार्यहरूको शुरुआत गरौं ।

Related posts

संहिताको पहिलो संसोधनः अझै अपूर्ण

admin

स्थलगत निरिक्षण

admin

गजल

admin