20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

सम्मान सहित रेडक्रसको ३६औं साधारण सभा

दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले व्यक्ति तथा उपशाखा सम्मान गरेर आफ्नो ३६औं साधारण सभा सम्पन्न गरेको छ । तनहूँ शाखाले आजीवन सदस्य एवं शाखाका पूर्व उपसभापति गौरवराज रेग्मीलाई यस बर्षको स्वयम सेवकको रुपमा सम्मान गरिएको थियो भने कोटदरबार उपशाखालाई स्थापनाको छोटो समयमा सबभन्दा बढी गतिविधि गर्न सफल उत्कृष्ट उपशाखा भनेर सम्मान गरिएको थियो ।

ने.रे.सो. केन्द्रिय समितिका उपमहामन्त्री हरि न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा शाखा सदस्य रामदत्त पौडेलले जाँ हेनरीड्यूना अक्षयकोषमा जम्मा गर्ने गरी पाँच हजार चार सय ७५ हस्तान्तरण गर्नुभएको थियो ।

साधारण सभालाई तनहूँ जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौली, पूर्व सभापति रघुनाथ पौडेल, ध्रुबलाल प्रधान, परशुराम गिरी, चितवन शाखाका मन्त्री हरिप्रसाद पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

Related posts

प्राथमिक उपचार सबैको सरोकार

admin

नेकपा एमाले मनमोहन आउट, मनाङ्गे ‘इन’

admin

सिद्धेश्वरीमा जीवन उपयोगि शिक्षा तालिम

admin