22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

पूर्ण सरसफाईका लागि अन्तरक्रिया

गजौडे/पहिलेको सतिस्वाँरा गाविस पूर्ण सरसफाई उन्मुख गाविस घोषणा भएको एक बर्ष पुगेको सन्दर्भ पारेर स्थानीय पहलमा एक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । विशेष गरी कलेस्ती संरक्षण अभियान, गजौडे आमा समूह र संगम युवा क्लब गजौडेको विशेष पहलमा आयोजित अन्तरक्रिया कार्यक्रम राष्ट्रिय मूस्लिम आयोगका पूर्व सदस्य हाजि रफिकमियाको प्रमुख आतिथ्यतामा सञ्चाल नभएको थियो । भानु नगरपालिका वडा नं. १३ का वडाध्यक्ष रामबहादुर बानिया र व्यास नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष सुरेश थापाको विशेष आतिथ्यतामा भएको सो कार्यक्रमलाई अभियानका संयोजक बाबुराम खनालले सहजीकरण गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गजौडे आमा समूहकी अध्यक्षसीता घर्तिले गर्नुभएको थियो भने सञ्चालन संगम युवा क्लबका अध्यक्ष नरबहादुर गुरुङ्गले गर्नुभएको थियो ।

Related posts

सहिद दिवसमा दोस्रो अल्ट्रा म्याराथान दौड नेपाली सेनाका खगेन्द्र बने विजेता

admin

वेरोजगारी व्यवस्थापन र सार्थक जनगणना

admin

जातीय छुवाछुत, कानून, उजुरी र न्याय

admin