Tanahun Awaj
Uncategorized

लागू औषधसहित ३ पक्राउ

दमौली/तनहुँको बन्दिपुर गाउँपालिकामा लागू औषध सहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । बन्दिपुर गाउँपालिका वडा नं १ नयाँ बस्तीकी प्रतिमा सहनीको घरबाट २ किलो ८ सय ग्राम, सोही ठाउँकी किना परियारको घरबाट १ किलो ८ सय ग्राम र वडा नं.४ की ठुल्ढुगां बस्ने कमला देवी गुरुङको घरबाट ७ किलो २ सय ग्राम लागू औषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्ने तिनै जनालाई आइतबार लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी तनहुँ जिल्ला अदालतमा म्याद थप गराएर अनुसन्धान भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

Related posts

व्यासमा वैकल्पिक माध्यमबाट पठनपाठन स्वास्थ्य मापदण्ड अपनाई परीक्षा लिइने

admin

स्वस्थानीको अर्थ

admin

एसईई पछिका विद्यार्थीका लागि-सम्पादकीय

admin