23.5 C
Damauli
October 5, 2026
Tanahun Awaj
Uncategorized

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

दमाैली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर एशोसिएसन महासंघ (क्यान) गण्डकी प्रदेशले आर्थिक सहयोग गरेको छ । क्यानले महासंघको भवनका लागि दश हजार पाँच रुपैयाँ सहयोग गरेको हो । आइतबार क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, उपाध्यक्ष तुलसीराम पाण्डे, कास्की शाखा अध्यक्ष युवराज पौडेलले पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य र उपाध्यक्ष नारायण खड्कालाई चेकमार्फत उक्त रकम हस्तान्तरण प्रदान गरेका छन् । पत्रकार महासंघ सबैको साझा संस्था भएकोले भवन निर्माणमा सानो सहयोग गरिएको एशोसिएसनका प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डेले बताए । पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले शाखाको भवन निर्माणका लागि विभिन्न सङ्घसंस्था एवं व्यक्तिहरुले सहयोग गरिरहेको जानकारी दिए ।

Related posts

कालापानीसंगै हाम्रो मन दुख्नु पर्छ

admin

कहिले ब्यूझन्छ सरकार ?

admin

किरियापुत्री भवनलाई वाग्लेको सहयोग

admin