22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

ग्रेगोरियन सम्वत २०१९ को शुभकामना !

– सन् २०१९को के अपेक्षा छ ? पत्रिकाका हेडलाइनहरु फेरिउन हाम्रा अपेक्षाहरु त्यसै पनि पुरा हुन्छन् ः मुलुकका बारेमा सकेसम्म राम्रो र सकारात्मक समाचार सुन्न, देख्न र पढ्न पाइयोस् । बस् ! नयाँवर्ष २०१९ को सबैमा शुभकामना !!!
– सन् २०१८ राम्रा र नराम्रा काम तथा समाचारको बीचबाट बित्यो । सन् २०१९मा धेरै राम्रा काम र समाचारको उत्पादनका लागि सामुहिक प्रयत्न गरौं । सहि काम तर्फको यात्रा अनि उज्यालो आशावाद सन् २०१९को विशेषता हुन सकोस, सबैमा नयाँबर्षको हार्दिक शुभकामना ।

ग्रेगोरियन क्यालेण्डर अनुसार सन् २०१९ प्रारम्भ भएको दिन अर्थात नयाँवर्षको दिन पारेर मंगलबार सुरेश ढकालले गरेको पहिलो ट्वीट र नेकपाका नेता योगेश भट्टराईले गरेको दोस्रो ट्वीटले वितेको वर्ष २०१८ कस्तो रह्यो भन्ने चित्र उतारेका छन् ।

सन् २०१७ को अन्त्य सम्ममा तिनवटै तहको निर्वाचन सम्पन्न भइसकेका थिए । स्थीरता, समृद्धि र विकासको नारा दिएर निर्वाचनमा होमिएका कम्युनिष्ट गठवन्धनले स्थानीय तह मात्र होइन प्रदेशमा र केन्द्रमा समेत राम्रो बहुमत प्राप्त गरेको थियो । र नेपाली नागरिकमा अब देशले विकास र समृद्धिको अपेक्षित गति समात्ने अपेक्षा थियो । हुन पनि एक वर्ष भित्र पानी जहाज चढ्न पाईने, घरघरमा पाइपको माध्यमबाट खाना पकाउने ग्याँस आउने, आफ्नै पेट्रोलियम खानी हुने, आफ्नै पानी जहाज हुने अनि भारत र चीनबाट दुई वर्षमा आधुनिक रेल आएर भारत र चीनसंगको आवत जावत सहज हुने कुराले आम नेपाली उत्साहित नहुने कुरै थिएन । त्यही उत्साह बोकेर सन् २०१८ लाई हामीले स्वागत ग¥यौं । तर नेपाली नागरिकको त्यो उत्साह धेरै समय रहन पाएन । जेठ १५ मा आएको बजेटले सबै उत्साहमा पानी हाल्दियो । सिण्डिकेट अन्त्यको घोषणा कागजमा मात्र सिमित हुनु, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा कानूनी कठघरामा नआउनु बरु राज्यले नै हत्यारा संरक्षित भएको अनुभूति नागरिकले गर्नु, महंगी आकाशिनु, विकास बजेट अपेक्षित रुपमा खर्च हुन नसक्नु जस्ता कुराले नागरिक आशालाई निराशामा बदल्यो । सामाजिक सुरक्षा कार्यक्रम लागुहुनु बाहेका अरु उत्साह थप्ने कार्यक्रम रहेनन्, यो वर्ष ।

वर्ष २०१९ ले अघिल्लो वर्षका निराशाहरुलाई आशामा बदल्दै देशलाई अग्रगमन तर्फ लैजाने मार्ग प्रसस्त गरोस्, हाम्रो तर्फबाट यही शुभकामना !

Related posts

तनहूँ जिल्लाको घिरिङ्ग गा.पा. वडा नं. ५ देउराली स्थित जमुना थापाको नाउँमा दर्ता भएको थापा बाख्रा फारमका बाख्रा दिनभरि जंगल चरेर आफ्नो खोर तर्फ जाँदै । जमुना थापाका सासु ससुराले दिन भर बाख्रा चराएर एक एक भारी घाँस सहित बाख्रा खोर तर्फ लाँदै थिए । सो फारममा ३५ माउ सहितका पाठापाठी र खसी बोका रहेको सञ्चालकका पति डम्बरसिं थापाले बताए । –तआसा

admin

दशैँ भत्ता फिर्ताको सन्देश

admin

गजल

admin