दमौली/मंगलबार बन्दीपुर गाउँपालिकाले आयोजना गरेको मिनी म्याराथनमा ५२ प्रतियोगीलाई पछि पार्दै बन्दीपुर गाउँपालिका २का सुजन पुन प्रथम भएका छन् । डुम्रे बजारदेखि गाउपालिकाको कार्यलयसम्म ९ किमि दूरी ३६ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै पुन प्रतियोगीतामा प्रथम भएका थिए । प्रतियोगीतामा रामेछापका होमलाल श्रेष्ठ द्धितीय, धादिङका हरिकुमार रिमाल तृतीय र पाँचथरका भूमिराज राई सान्त्वना भएका हुन् ।
previous post
तनहुँ कांग्रेसलाई खुल्ला पत्र !
next post