
छिमेकमा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयको परिसरमा भएका बुट्यान फाँड्ने तथा सरसफाइ गर्ने काम सकेपछि थकाइ मार्दै स्वाग्दी आमा समूह र काङकुउ मगर गुठी व्यास १२ बगालेटोलका सदस्यहरु । विगत पाँच वर्षदेखि बर्खे विदा सकिएर विद्यार्थी विद्यालय आउने बेला आमा समूह र गुठीको तर्फबाट विद्यालय परिसर सरसफाइ गर्ने गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाले सरसफाइमा सहभागी सबैलाई धन्यवाद दिँदै यस्ता काममा आमा समूह र गुठीको निरन्तर सहयोग पाउने अपेक्षा राखेको बताए । तस्वीरः फमबहादुर थापा
