गल्बुवेसी/छाब्दी प्रवेशद्वार टोल विकास संस्थाले एसइई–२०८२ मा ग्रेडेड विद्यार्थीलाई शुभकामना दिनुका साथै सम्मान गरेको छ ।
टोल विकास संस्थाका अध्यक्ष रामजी तिमिल्सिनाको अध्यक्षता एवं संस्थाकी संस्थापक अध्यक्ष गंगादेवी गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा टोल विकास संस्था अन्तर्गत वसोबास गर्ने ६ जना बालबालिकालाई शुभकामना व्यक्त गर्नुका साथै सम्मान गरिएको हो ।

टोल विकास संस्थाका सचिव गणेश गुरुङका अुनसार राजन विक र गंगा विक, विधान सिग्देल, सुहाना श्रेष्ठ, आयुषा अधिकारी र शिक्षा पोखरेललाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले गत वर्षदेखि सुरु गरिएको कार्यक्रमले बालबालिकालाई मेहनतसाथ पढ्न प्रोत्साहित गर्ने विश्वास व्यक्त
गरिन् । गल्वुवेसी टोल सुधार आमा समूहकी अध्यक्ष सीता गोदार र ज्ञानगंगा बोर्डिङ स्कुलका प्रिन्सिपल ऋषिकेश केसीले यस्ता कार्यक्रमले बालबालिकालाई पठनपाठनमा थप जाँगर गर्न हौसल प्रदान गर्ने बताए । सम्मान प्राप्त गर्नेहरका तर्फबाट बोल्दै सुहाना श्रेष्ठले शुभकामना र सम्मानका लागि टोल विकास संस्थालाई धन्यवाद दिँदै अग्रजहरुले भने झैं कार्यक्रमले आफुहरुर साना भाइबहिनीलाई आगामी दिनमा अझ लगनका साथ पढ्न प्रेरित गर्ने बताइन् ।
टोल विकास संस्थाका उपाध्यक्ष हरिबहादुर थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गणेश गुरुङले गरेका थिए ।
