भानु/तनहुँ क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशी भानु नगरपालिकाको वडा नं. ३, ७, ८, ९ मा पुग्दा मतदाताले जनताको समस्या बुझेर समाधान गर्न सक्ने नेतृत्वको अपेक्षा गरेको बताएका छन् ।

जोशीको निर्वाचन क्षेत्र प्रचार प्रसार समितिले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार ‘स्थानीय नागरिकहरूले अब नारामा होइन, काम गर्ने, जवाफदेही र विश्वास गर्न सकिने प्रतिनिधि आवश्यक रहेको बताएका छन् । उनीहरूले आफ्नो समस्या बुझ्ने, जनतासँग निरन्तर सम्पर्कमा रहने र वास्तविक परिवर्तनका लागि काम गर्ने नेतृत्वको अपेक्षा व्यक्त गरेका छन् ।’ उल्लेख छ ।
मतदाताहरुले गत निर्वाचनमा दिइएको झुटा आश्वासन र अपूरा प्रतिबद्धताहरू आफूहरुलाई निराश र दिक्क भएको धारणा व्यक्त गरेका थिए । मतदाताहरुलाई आश्वस्थ पार्दै उम्मेदवारजोशीले जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्दै जनतासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । तनहुँको विकासमा आफूलाई अब्बल नेतृत्व स्थापित गरेका गोविन्दराज जोशीको उत्तराधिकारीका रुपमा घरदैलोमा पुगेको दीपकराज जोशीको प्रतिबद्धताप्रति भानुका उपभोक्ताले विश्वास र भरोसा देखाएको देखिन्छ । पिता जोशीको अभिभावकत्व छोरा जोशीमा खोजेका छन् ।
