
दमौली/२३ औँ स्वर्गीय रोट्रयाक्ट सचिन स्मृति खुला दौड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
व्यास–३ अनसन चौतारीबाट सुरु भई प्रसिद्ध छाब्दी बाराही मन्दिर परिसरका पुगेर सकिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ म्यानमार सिन्की तामाङले निर्धारित दूरी २७ मिनेट ५७ सेकेन्ड पूरा गरी प्रथम भए । यसैगरी कृष्णबहादुर परियार ३० मिनेट १३ सेकेन्डमा पुगर दोस्रो र ३१ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी सनम गुरुङ तेस्रो भए ।
महिलातर्फ प्रथम उमादेवी गुरुङ र बालधावकतर्फ सौरभ अर्याल विजेता हुनु भयो ।
महिलातर्फ विजेताले ४८ मिनेट १४ सेकेन्डमा दौड सम्पन्न गरिन् भने बालधावकतर्फ विजेताले १ घण्टा २७ मिनेटमा निर्धारित दूरी पूरा गर्न सफल भए । रोट्रयाक्ट क्लब दमौलीले आफ्ना पूर्व सदस्य सचिनको स्मृतिमा प्रतियोगिता आयोजना गरेको हो ।
