दमौली/सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग् लिने शैक्षिक प्रमाणपत्र शुल्क अनुगमन हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका सबै ७७ शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचारगर्दै नियमानुसार शुल्क लिने गरे नगरेको अनुगमन गर्न र सोको प्रतिवेदन केन्द्रमा पठाउन अनुरोध गरेको छ ।
पत्रमा सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग शैक्षिक प्रमाणपत्र लिँदा चर्काे शुल्क असुल गरिरहेको भन्ने विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गुनासा प्राप्त भएको उल्लेख गरिएको छ ।
साथै इकाईबाट सम्बन्धित स्थानीय तहसँगको समेत समन्वयमा गुनासा आएका विद्यालयहरु एकिन गरी नियमानुसार भए नभएको अुनगमन गर्न र सोको प्रतिवेदन केन्द्रमा पठाउनुहुन समेत अनुरोध गरिएको छ । तनहुँमा पनि सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग खासगरी एसईई र एसएलसीको शैक्षिक प्रमाणपत्र शुल्क चर्काे लिने गरेको गुनासो आउने गरेका छन् ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्काे शुल्क असुल गरेको रसिदको फोटो सहितका समाचार र गुनासा प्रकाशन हुन्छन् । तर शिक्षा विकास तथा समन्वय इकाई वा स्थानीय निकाय कसैले पनि त्यस तर्फ आवश्यक ध्यान दिएका र गुनासो सुनुवाई गर्ने गरेका छैनन् ।
शैक्षिक प्रमाणपत्र शुल्क अुनगमन हुने
previous post
