21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

स्वर्ण महोत्सवको अवसरमा स्वास्थ्य परीक्षण

दमौली/ व्यास नगरपालिका २ स्थित सत्यवती माध्यमिक विद्यालयमा स्वर्ण महोत्सवको अवसरमा निशुल्क स्वास्थ्य परीक्षण सेवा दिईएको छ । पूर्व बिध्यार्थी मञ्च सत्यवतीको आयोजनामा शनिबार विद्यालयका विद्यार्थी लगायत बिद्यालय परिवारका लागि ‘जनरल स्वास्थ्य परीक्षण तथा परामर्श शिविर’ सञ्चालन गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा कार्यरत सत्यवती माध्यमिक विद्यालयका पूर्व बिध्यार्थीहरु दश जना डाक्टर, तीन नर्स र चार फार्मेसीष्टको सहयोगमा स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए । व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठ प्रमुख अतिथि रहेको स्वास्थ्य परीक्षण कार्यक्रमको सभापतित्व भने पूर्व बिध्यार्थी मञ्चका अध्यक्ष पुष्ष श्रेष्ठले गरेका थिए ।

३ सय २० जनाको स्वास्थ्य परीक्षण सहित औषधि उपलब्ध गराइएको उक्त कार्यक्रमको सफलताको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको संचालन मञ्चका उपाध्यक्ष माधब न्यौपानेले गरेका थिए भने सचिव सुजन पण्डितले स्वागत गरेका थिए । साथै कार्यक्रमका बारेमा डा.अनिल गिरी र डा. अञ्जु थापाले सहभागीहरुलाई जानकारी गराएका थिए ।‌

बिद्यालयले यहि पुस ७ र ८ गते ५० औं वार्षिकोत्सब (स्वर्ण महोत्सव) मनाउँदै छ।

स्वास्थ्य क्षेत्रमा कार्यरत सत्यवती माध्यमिक विद्यालयका कार्यक्रममा सहभागी पूर्व बिध्यार्थीहरु:

डाक्टरहरु:(१) डा अनिल गिरी (२) डा सुशील पौडेल (३) डा केविन पौडेल (४) डा सुरज श्रेष्ठ (५) डा असीम वाग्ले (६) डा हरिकला घिमिरे (७) डा आशिष पौडेल (८) डा रविन पण्डित (९) डा अञ्जु थापा (१०) डा ममता वाग्ले

नर्सहरु: १) अस्मिता तामाङ (२) रेमना श्रेष्ठ (३) सुनिता श्रेष्ठ

फार्मेसीष्टहरु: १) अप्सरा अधिकारी (२) दामोदर भण्डारी (३) वसन्त श्रेष्ठ (४) राजेश क्षेत्री

Related posts

कांग्रेसको किचलो- दुबै पक्षका आ–आफ्नै महाधिवेशन कार्यतालिका

Tanahun Awajweekly

जनगणना–२०७८ को प्रारम्भिक नतिजामा तनहुँको तस्वीर

admin

शुभकामना आदान प्रदान एवं क्यालेण्डर विमोचन

admin