



अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर गत विहिबार सिद्धेश्वरी बाल क्लब, सिद्धेश्वरी माविका बालबालिका विद्यालय परिसर र बाटो सरसफाइमा जुट्दै । बाल क्लब संयोजक शिक्षक सूर्यराज कैनीका अनुसार बालबालिकाले उक्त दिन सरसफाई गर्नुका साथै फोहर व्यवस्थापनका लागि विद्यालय आउजाउ गर्ने बाटोको छेउमा फोहर जम्मा गर्ने स्थानको समेत व्यवस्था गरेका छन् । तस्वीरः सूर्यराज कैनी
