18.7 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

पितृमुक्तिका लागि विराट ज्ञान महायज्ञ

दमौली/नरकमा परेका पितृमुक्तिका लागि बुधबारबाट तनहुँ दमौली स्थित व्यास गुफा परिसरमा श्रीमद्भागवत विराट ज्ञानमहायज्ञ–२०८१ को समुद्घाटन भएको छ । कार्तिक महिना धर्मकर्म उपाशन प्रार्थनाका लागि उत्तम महिना मानिन्छ । श्रीभद्भावतका मर्मज्ञ पण्डितहरु कार्तिक महिनामा श्रीमद्भावत विराट ज्ञानमहायज्ञको नाम मात्रै उच्चारण गर्दा पनि अकालमा मृत्यू भएका पितृको नरकबाट मुक्ति गराउनका लागि स्वर्गको बाटो खुला गर्न सकिने बताउँछन् ।
कार्तिक २१ गते व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेद्वारा समुद्घाटन भएको श्रीमद्भावत विराट ज्ञानमहायज्ञ कार्तिक २८ गतेसम्म रहने आयोजक वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समितिले जनाएको छ । श्रीमद्भागवतका मर्मज्ञ आचार्य पण्डित कृष्णकान्त शाण्डिल्यायनको प्रमुख वाचकत्व तथा विशिष्ट विद्वान एवं परमश्रद्धेय सन्तमहात्माहरुको आतिथ्य तथा नैष्ठिक ब्रह्मचारी एवं विद्वान पण्डितहरुको सामूहिक वाचकत्वमा महायज्ञ सम्पन्न हुनेछ ।
आयोजकले दिएको जानकारी अनुसार यज्ञको दैनिक कार्यक्रम विहान ६ः३० बजेदेखि १२ बजेसम्म भागवत्पुजा रुद्राभिषेक जप हवन श्रीमद्भागवत आदि पाठपारायण हुनेछ । १२ बजेदेखि साँझ ४ बजेसम्म भागवत रसमर्मज्ञ विद्वान तथा सन्तहरुको आध्यात्मिक प्रबचन हुनेछ । साँझ ५ः३० बजेदेखि हरिनाम सङ्किर्तन, विभिन्न जातिका मौलिक संस्कार र संस्कृति झल्किने झाँकी प्रदर्शन हुनेछ ।
वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समिति तथा विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्य समिति तनहुँको संयुक्त आयोजनामा सञ्चालित महायज्ञ भनिएतापनि आफ्नो समितिबाट वैधानिक निर्णय नभएको गुनासो समितिका पदाधिकारीबाट आएको छ ।
मूल समारोह समितिका अध्यक्ष शान्तिस्वरुपानन्द दामोदर वावाको सभापतित्वमा सञ्चालित उद्घाटनसत्रलाइ प्रमुख अतिथि नगरप्रमुख बैकुण्ठ न्यौपाने, व्यासका अध्यता काशीनाथ न्यौपाने, पूर्व मेयर ताराप्रसाद श्रेष्ठ, एमाले नेता प्रतापलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उद्देश्य माथि प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले प्रकाश पार्नु भएको थियो भने सञ्चालन मूल समारोह समितिका महासचिव ऋषिराम ढुङ्गानाले गर्नुभएको थियो ।

Related posts

पुरक अधिवेशन स्थगित

admin

अल्ट्रा म्याराथनलाई सहभागी आह्वान

Deepak Joshi

सिद्धेश्वरीमा दशैको शुभ कामना तथा कक्षा ११ लाई स्वागत 

admin