26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

सिद्धेश्वरीमा दशैको शुभ कामना तथा कक्षा ११ लाई स्वागत 

कमलबारी । सिद्धेश्वरी माध्यमिक विद्यालय व्यास–१२ कमलबारीले शुक्रबार विजया दशमीको शुभकामना आदान प्रदान तथा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रममा अध्यक्ष फमबहादुर थापाले शक्तिस्वरुपा दुर्गा भवानीले सबैलाई असल कार्यमा लाग्न प्रेरित गरुन् भन्ने कामना गर्नुभयो । अध्यक्ष थापाले दशैमा लामो बिदा हुने भएकाले विद्यार्थीहरुलाई  उक्त समयमा खाने, खेल्ने र रमाउने कुरामा मात्र ध्यान नदिएर पढाइमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारीले विद्यार्थीहरुको शैक्षिक उन्नयनको कामना गर्दै कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीलाई उनीहरुको पठनपाठनलाई प्रभावकारी बनाउने विद्यालयले सकेको सहयोग गर्ने वचन दिनुभयो ।
विव्यस शिक्षक प्रतिनिधि छविदीप आलेले दशैं बिदालाई सिर्जनात्मक ढंगले उपभोग गर्न आग्रह गर्दै विद्यार्थीहरुले दशैंले दिन चाहेको शिक्षा ग्रहण गर्न आग्रह गर्नु भयो । उक्त अवसरमा कक्षा १२ की छात्रा पुष्पा उपरकोटी तथा कक्षा १० की छात्रा सजना गैरेले बोल्दै विद्यार्थी साथीहरुलाई प्राप्त समयको अधिकतम उपयोग गर्दै शिक्षा आर्जन गर्न आग्रह गरे भने कक्षा ८ की छात्रा अनुष्का रुचालले गुरुको सम्मान शिर्षक कविता सुनाईन ।
कक्षा ११ का विद्यार्थीहरुलाई टीका, खादा र कलमले स्वागत गरिएको कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई समृद्धिको प्रतिक रातो टिका लगाएर विजया दशमीको शुभकामना व्यक्त गरिएको थियो ।
यसअघि विद्यालयको खेलकुद मैदानमा अन्तर सदनात्मक छात्र भलिबल, छात्रा भलिबल, व्याडमिण्टन प्रतियोगिता साथै साना कक्षाका बालबालिकाका लागि बेलुन फुटाई जस्ता रमाईला खेलहरु सम्पन्न भएका थिए । कक्षा ११ का विद्यार्थीहरुको स्वागतमा नृत्य समेत प्रस्तुत कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक ज्ञानेन्द्र जीसीले गर्नुभएको थियो ।  

Related posts

बडादशैं २०८० ले छोपी सक्यो
आफ्नो स्वास्थ्य सुरक्षित राख्न आफै जिम्मेवार बनौं

admin

ज्येष्ठ नागरिक सेवा केन्द्र

admin

स्थानीय सरकार सामाजिक सचेतनामा अग्रसर
सकारात्मक सन्देशले अपेक्षित परिणाम दिने अपेक्षा

admin