20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

अग्रज पत्रकारको जन्मदिन मनाउन पत्रकारको जमघट

दमौली/तनहुँका अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीको ७३ औं जन्मदिन मनाउन पत्रकारहरु भण्डारीको निवासमै पुगेका थिए ।

अग्रज पत्रकार भण्डारी

बुधबार भण्डारीको जन्मदिन परेको थियो । वरिष्ठ पत्रकार भण्डारीको जन्मदिन भिमाद स्थित उनकै निवासमा मनाउने कार्यक्रम नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आयोजना गरेको थियो ।

वि.स. २०३९ साल चैत्र २५ गते भञ्ज्याङ साप्ताहिक पत्रिकाको प्रकाशन आरम्भ गरका अग्रज पत्रकार भण्डारीले ६८ बर्षको उमेरसम्म आफ्नो पत्रकारीतालाई जिवन्त देखाएका थिए । राजनीतिक रुपमा आफ्नो छुट्टै पहिचान बनाएका भण्डारीले तनहुँबाट संसदीय निर्वाचनमा उम्मेदवारी समेत दिएका थिए ।

राजनीतिक पृष्ठभूमिका भण्डारीको पहिलो पहिचान राजनीतिक नेताको थियो भने संगसगै पत्रकारितालाई निरन्तरता दिएका थिए ।

नेपालमा प्रजातन्त्रको आगमन पछि नेपाल पत्रकार महासंघले ‘स्वतन्त्रता सेनानी’ को दर्जा दिएर सम्मानित गरेपछि उनले प्रजातन्त्र सेनानीको पहिचान समेत आर्जन गरेका थिए ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्जवल पौडेलले दिएको जानकारी अनुसारमहासंघ केन्द्रीय सदस्य प्रदिप काफ्ले, तनहुँ शाखाका पूर्व अध्यक्ष एवम् सल्लाहकार डम्बर बहादुर अधिकारी, तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल, सल्लाहकार गोरा मियाँ, सचिव प्रताप राना लगायतले घरमै पुगेर भण्डारीलाई शुभकामना प्रदान गरेका थिए ।

Related posts

विभिन्न अक्षयकोषबाट पत्रकार पुरस्कृतः

admin

भूकम्पीय सुरक्षा जनचेतना सभा

admin

स्पोर्टस् ड्रेस वितरण

admin