24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

व्यासलाई प्लास्टिक झोला मुक्त बनाइने

दमौली/तनहुँको व्यास नगपालिकालाई प्लास्टिक झोला मुक्त बनाइने भएको छ ।
‘प्लाष्टिक झोला मुक्त व्यास नगर अभियान’ अन्तर्गत जेष्ठ १ गते देखि व्यास क्षेत्रमा प्लास्टिक झोलाको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगरवासीलाई सामान खरिद गर्दा कपडा, फाइवर, जुट र कागजको झोला मात्र प्रयोग गर्न भने व्यापारी वर्गहरुलाई प्लाष्टिकको झोलाको सट्टा वैकल्पिक झोलाहरु मात्र बिक्री वितरण गरी ‘प्लाष्टिक झोला मुक्त व्यास नगर अभियान’लाइ सफल पार्न अनुरोध गरेको छ ।

Related posts

सामुदायिक भवन उद्घाटन

admin

म्याग्देमा आँखा शिविर

admin

स्वास्थ्य मन्त्री तनहुँमा व्यस्त

admin