Tanahun Awaj
समाचार

अध्यक्षमा पुनः श्रेष्ठ

दमौली/व्यास– ५ स्थित श्री दभुङ चण्डी देवी वहुउद्येश्यीय सहकारीको अध्यक्षमा पुन मोहन कुमार श्रेष्ठ चयन भएका छन् ।
सहकारीको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनवाट अध्यक्षमा पुन श्रेष्ठ चयन भएका हुन भने सहकारीको उपाध्यक्षमा तिर्थ कुमार श्रेष्ठ, सचिवमा राजकुमार श्रेष्ठ (विवि), कोषाध्यक्षमा विष्णुमाया श्रेष्ठ, सहसचिवमा आश्विन किशोर श्रेष्ठ चयन भएका छन् । समितीको सदस्यहरुमा राजकुमार श्रेष्ठ, शिर वहादुर थापा, गोमा खनाल, राम वहादुर नेपाली चयन भएका छन् भने लेखा समितीको संयोजकमा वविन्द्र खनाल, सदस्यहरुमा आनन्द कुमार श्रेष्ठ र विरेन्द्र श्रेष्ठ चयन भएका छन् ।

सहकारीको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा भएको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनमा प्रमुख अतिथि व्यास नगरपालिका वडा नं ५ को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, श्री दभुङ चण्डी देवी वहुउद्येश्यीय सहकारीका संस्थापक अध्यक्ष काजीमान श्रेष्ठ, मानुङ वचत तथा ऋण सहकारीका अध्यक्ष रामकाजी श्रेष्ठ, स्थानीय समाजसेवी यज्ञ प्रसाद खनाल, चापाघाट टोल विकास संस्थाका अध्यक्ष नर वहादुर थापा, सत्य प्रसाद खनाल, दिदी वहिनी आमा समुहका अध्यक्ष प्रतिमा खनाल लगायतले बोलेका थिए ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष, ताराकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा संयोजक विष्णु प्रसाद श्रेष्ठले लेखा प्रतिवेदन, ऋण संयोजक पदम कुमार श्रेष्ठले ऋण प्रतिवेदन पेश गरेका थिए भने संस्थाका सचिव राजकुमार श्रेष्ठ (विवि)ले कार्यक्रम संचालन गरेका थिए ।
दभुङ चण्डी देवी गुठी भवन परिसरमा भएको सो कार्यक्रममा उल्लेख्य मात्रामा शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

Related posts

प्रेस युनियन तनहुँका अध्यक्षको निधन

Deepak Joshi

ड्रेस र भलिबल दिदै काँग्रेस नेता

admin

म्याराथनको झलक

admin