28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

रोटर्‍याक्टको निःशुल्क स्वास्थ्य शिविर

फोटो सुनिता आचार्य

दमौली/रोटर्‍याक्ट क्लब अफ दमौलीले शनिवार व्यास नगरपालिका ११ राम्चे ओडारे स्थित चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
व्यास नगरपालिकाको सहयोगमा सम्पन्न सो शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल,ए वान डेन्टल क्लिनिक तथा व्यास डाइग्नोष्टिक प्रालि र रोटर्‍याक्ट त्रिभुवन युनिभर्सिटीको प्राविधिक सहयोग रहेको थियो ।
स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष एक स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोट¥याक्टले दुर्गम चेपाङ बस्तीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए ।
शिविरमा जेनेरल फिजिसियन, आखाँ रोग विशेषज्ञ र दातँ सम्बन्धी विशेषज्ञद्धारा सेवा प्रदान, स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी पनि प्रदान गरिएको र निशुल्क सुगर परिक्षण र ब्लड गुप्र पहिचान समेत गरिएको क्लबले जनाएको छ । सोहि अवसरमा क्लबले “एक घर, एक फस्र्ट एड किट अभियान”भन्ने नाराका साथ ४६ परिवारलाई प्रथामिक उपचार सामग्री हस्तान्तरण गरिएको थियो ।
शिविरबाट चेपाङ बस्तीका १सय १२ जना लाभाविन्त भएका छन् ।

Related posts

सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर

admin

सकियो एमाले अगुवा कार्यकर्ता भेला

Deepak Joshi

सरकारले मति, गति र अवस्थिति बदल्नु पर्छ: महामन्त्री थापा

admin