Tanahun Awaj
समाचार

काँग्रेस तनहुँको अनुरोध

दमौली/नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहूँले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी समाचार वा सामाजिक सञ्जालमा सम्प्रेषण गलत र अतिरञ्जिनापूर्ण विषयवस्तु प्रकाशित नगरिदिन अनुरोध गरेको छ ।

नेपाली काँग्रेसले आफ्नो १५औं अधिवेशनको कार्य निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्ने क्रममा समाजका विभिन्न बर्ग समुदाय र पेशाव्यवसायमा रहेका जनशक्तिको निष्पक्ष र स्वतन्त्र सहयोग लिनु र दिनुलाई ‘राजनीति गरेको’ अर्थ लाग्ने गरी समाचार प्रकाशित नगरिदिन आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ– ‘अधिवेशनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकिय दक्षता भएका जनशक्तिको सेवा र सहयोग लिनु स्वभाविक र आवश्यक विषय हो ।
कुनै शिक्षक वा अन्य पेशागत व्यक्तिले आफ्नो पेशागत दक्षताका आधारमा त्यस्तो कार्यमा सहयोग गर्नु मात्रलाई राजनीति गतिविधिमा सलग्न भएको अर्थमा बुझिनु उपयुक्त हुदैन’ भनिएको छ ।

Related posts

खुल्ला तीज प्रतियोगिताले दियो एकताको सन्देश

admin

शुभकामना आदान प्रदान

admin

सहज भयो भत्ता वितरण

admin