Tanahun Awaj
समाचार

सार्वभौमिकता र स्वाधिनताको पहिचान बचाउने भएअब राष्ट्रिय सहमतिमा देश सञ्चालन गरौं

जलिरहेकाे सिंहदरबार -स्रोत सामाजिक सञ्जाल

विशेष सम्वाददाता
‘लुट्न सके लुट, कान्छा अरु देशमा पाईदैन, नेपालमै हो छुट’
गीतको रचनाकार पशुपति शर्माले आफ्नो मातृभूमिप्रति समर्पित त्यो गीत सार्वजनिक गर्दा पनि यो देश सञ्चालकहरु नीतिगत भ्रष्ट्राचारबाट व्यूझन सकेनन् । झोलेहरुले ती कलाकारलाइ असुक्षित महसुस गराए । त्यो भ्रष्ट्राचारको गती बढेर २०८२ सालसम्म आईपुग्दा देशले धान्नै सकेन । जनताले सहनै सकेन । देशका १५ देखि २८ बर्षभित्रको उमेर समूहका देशभित्र बाँकी रहेका पुस्तामा यति धेरै विद्रोह जन्मायो कि आफ्नो ज्यान भन्दा देश र भावि पुस्ताको लागि देश बचाउन माातृभूमि रक्षार्थ शान्तिपूर्ण सडक आन्दोलनमा उत्रे । तर ती युवाले सोंचे जस्तो देश बचाउनै नसकिने गरी असुक्षित भैसकेको रहेछ । नेपाल जनपथ÷सशस्त्र प्रहरीको प्रहार भनेर कल्पना नै गर्न नसकिने गरी देशको भविष्यको मायाँ गरेर सडकमा उत्रेका ती किसोरको टाउको र छातीमा निशाना बनाएर २१ जना जेनजी पुस्तालाइ मारियो । तिनै घाइतेको रेस्क्यू माग्दा सवारी साधनभित्रैबाट गोलि हानेर ति किशोरको हत्या गरेको दृष्य सामाजिक सञ्जालमा देखियो । जे होस् प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा शासनसत्ता कब्जा गर्ने र नीतिगत भ्रष्टाचार गर्ने अनि शक्तिकेन्द्रको हली बनेर देशभित्र धेरै पटक प्रधानमन्त्री बन्ने प्रतिष्पर्धात्मक होडको तानाशाही सोंचले देश कति कमजोर भएछ भनेर देखियो । २०८२ भाद्र २३ गतेको अन्धाधुन्द गोली प्रहारबाट २१ नेपाली सपूतको नरसंहार र २४ गतेको राष्ट्रिय पहिचान मेटाउने योजनाबद्ध आगजनिसम्मको विध्वंशले त्यो पुष्टि गर्यो‍ ।
अब सत्तामा जानका लागि होइन, नेपाली सार्वभौमिकता र स्वाधिनताको रक्षा गर्ने सोंच र भावना भएका देशभित्रका सबै राजनीतिक शक्ति बीचको राष्ट्रिय सहमति कायम गरौं । सार्वभौम र स्वाधीन देश सञ्चालन गरौं । सदियौंदेखि स्वतन्त्र, सार्वभौम, स्वाधिन, प्राकृतिक साधन र स्रोतले सम्पन्न यो देश बचाउने अभियान थालौं । २३ गतेको युवापुस्ता र २४ गतेको सिंहदरबार, अदालत, जिल्ला प्रशासन निशानाले देश असुरक्षित पुष्टि भएको छ ।
हाम्रो पुर्खाले आर्जेको नेपालभूमि हामीले बचाउन सकेनौं । प्रजातन्त्रको नाममा देशको भविष्यका कर्णधारहरुले २००७ सालमा रगत दिए, ज्यानको बलिदान दिए । आफैभित्रको अन्तरघात, द्वेश, वैरभाव र राष्ट्रघातले २०१७ को काण्ड भोग्न विवश भयौं । २०४६ साल पुनः तिनै जेनजी उमेर समूहलाइ गुमाएर तिनकै बदिदानी उत्सर्गले लोकतन्त्र पायौं भन्यौं । २०५० साल जेठ तीन गतेसम्म आईपुग्दा मदनभण्डारीको रहस्यमय दाशढुंगाकाण्डमा हत्या भयो । २०५८ साल जेठ १९ गते पुग्दा उस्तै कहाँली लाग्दो दरबार हत्याकाण्ड भयो । त्यस्तै रहस्य निर्मला काण्डहरु घट्दै गए । ती सबै रहस्यमय बनाइयो । २०५२ सालदेखि २०६२÷२०६३ सम्मका हत्याकाण्डहरु पनि देश बनाउनका लागि भएको भनेर २० बर्षे शासनमा पनि पुष्टि गर्न सकेनौं । फेरी २०८२ भाद्र २३ गते जेनजी पुस्ताका २१ जना समेत ७३ जनालाइ हामीले गुमाउनु पर्यो । त्यतिले नपुगेर २४ मा अर्को ठूलो राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय पहिचानको अस्तित्वमा प्रश्न खडा गर्ने ध्येयको विध्वंश नेपाल र नेपालीले भोग्न पर्यो ।
अब त आफू होइन, देश बचाउँ । देश बनाउँ । स्वार्थ त्यागौं । २० बर्षमा हामीले बनाउन नसकेको देश बनाउँछु भन्नेलाइ बनाउन दिउँ । तर हरप्रकारको बाहिरी हस्तक्षेप रोक्ने राष्ट्रिय संकल्प गरौं । आफ्नै धरातलबाट देशको विकास गरौं । राजा महेन्द्रले नौ बर्षमा गरेको विकासशैली देशप्रेम झल्किने खालको छ ।
विदेशी अनुदान राष्ट्रिय स्वार्थ नगुमाउने गरी राष्ट्रिय सहमतिमा मात्र स्वीकार गरौं । सत्तामा पुगेर छोड्दै नछोड्ने प्रबृत्तिलाइ सडकमा ल्याउँदा नरसंहार र आगजनी जस्ता विध्वंश हुनुपर्ने घुसपैठ, लुटपाट समेतका विध्वंश सदाका लागि अस्विकार गरौं । मातृभूमिको रक्षा गरौं ।

Related posts

पहिचानको संरक्षण गरौं, मूल प्रवाहमा हामी छौं

admin

प्रारम्भिक तथा समन्वय वैठक सम्पन्न

Deepak Joshi

राष्ट्रिय अध्यक्षलाई स्वागत

admin