20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

पहिचानको संरक्षण गरौं, मूल प्रवाहमा हामी छौं

दमौली/नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले धैर्यतापूर्वक अहिलसम्म आर्जन गरेको पहिचानलाई संरक्षण गरौं नेपाली काँग्रेसको मूल प्रवाहमा हामी छौं भनेर कार्यकर्तालाई थप संगठित हुन आव्हान गर्नुभयो । नेपाली काँग्रेस भित्र जोशी समूहले चलाएको स्वतन्त्र अभियानले नेपाली काँग्रेसको आर्दश मूल्य मान्यता सैद्धान्तिक निष्ठालाई बचाएको चर्चा गर्दै जोशीले आफूले नेतृत्व गरेको समूहलाई नदी र सिद्धान्तबाट च्यूत भएर मूल्य, मान्यता र सैद्धान्तिक धरातल छोडेर सत्तास्वार्थमा बहकिएको नेपाली काँग्रेसलाई भंगालोको संज्ञा दिनु भएको थियो ।
विपी विचार समाज तनहुँले सोमबार दमौलीमा आयोजना गरेको विशेष भेला तथा समसामयिक राष्ट्रिय राजनीति र संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले नेपाली काँग्रेस नेतृत्वले बीपीको विचार र मार्गदर्शन छोडेको हुँदा त्यो समूहलाई जय नेपाल भन्ने अधिकार नभएको बारेमा लामो विश्लेषण गर्नुभएको थियो ।
नेता जोशीले नेपाली काँग्रेसलाई वीपीको चिन्तन र आर्दश अनुसारको बाटोमा डो¥याउने जोशी समूहको लक्ष्य भएको हुँदा भविष्यमा नेपाली काँग्रेसको मूल प्रवाहमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक हावाहुरीमा नबकिएर चट्टानी अडानमा रहने नेपाली काँग्रेसका कार्यकर्ताको संरक्षकत्व आफूले लिने प्रतिबद्धता जाहेर गरेर जोशीले प्रत्येक वडामा न्यूनतम पन्ध्रजनाको संख्यामा संगठित हुन कार्यकर्तालाई आव्हान गर्नुभयो । को लक्ष्यमा पुग्न यस्तो धारणा नेता जोशीले सोमबार राख्नु भएको हो । जनै नलगाइकन बाहुन भन्ने र सिद्धान्त छोडेर पनि कांग्रेस भन्नुउस्तै उस्तै भएको उहाँको भनाई थियो । कार्यकताले रुखमा भोट हाल्न नपाउने, आफ्नो स्वार्थको लागि सिद्धान्तको पालना नगर्ने गरेकोले कांग्रेसले जय नेपाल भन्नुको अर्थ नरहेको भनाई जोशीको थियो । कांग्रेस विधि, विधान, सिद्धान्तको बाटो विराएर फरक आस्था र विचार भएकासँग सहकार्य गर्ने, सिद्धान्त भन्दा पनि जसरी पनि सक्तामा पुग्ने कुरालाई प्राथमिकता दिने गरेकोले, जनताको आकांक्षा तथा चाहानाको सम्बोधन नगर्ने जस्ता कारणले गर्दा पतनको बाटोमा लागेको आरोप जोशीको थियो । आफूले कांग्रेस छोडेको नभई बाटो बिराएको कांग्रेसलाई विपीको सिद्धान्तको बाटो ल्याउन चाहेको जोशीको भनाई थियो ।
कार्यक्रम विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितको अध्यक्षतमा भएको थियो । कार्यक्रममा समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङ, गण्डकी प्रदेश सचिव परशुराम गिरी, सल्लाहकार ऋषिराम पोख्रेल, समाजका रघु केसी, दीपकराज जोशी, सोलबहादुर चितौरे, पञ्चबहादुर गुरुङ, केशरबहादुर अधिकारी, नरेन्द्र थापा, कमलभक्त पोख्रेल, इन्द्र पौडेल, भिमकुमार श्रेष्ठ लगायतले समाजलाई विस्तार गर्ने तथा विपी विचारको बारेमा प्रशिक्षण दिनु पर्नेमा जोड दिनु भएको थियो ।

Related posts

सर्यो चौथो डुम्रे महोत्सव

admin

आधारहिन अभिमानको अवसान: ढल्दै पुष्पकमल नेतृत्वको १८ महिने सरकार

admin

काकडभिट्टाबाट आएको रात्री बस दुर्घटना

admin