Tanahun Awaj
समाचार

४५औं नगरसभा सम्पन्न

दमौली/व्यास नगरपालिकाले आफ्नो ४५औं नगरसभा बुधबार सम्पन्न गरेको छ ।

व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले आर्थिक बर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । ३१३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व नगर प्रमुख न्यौपानेले आ.ब. २०८२/०८३ को नीति तथा कार्यक्रमको उपलब्धिको समिक्षा समेत गर्नुभएको थियो ।
नगर सभाले दिएका सुझावहरुलाई समेट्दै एक अरव पचास करोड बीस लाखको प्रस्तावित बजेट उपप्रमुख इन्दिरा दरैले प्रस्तुत गर्नुभएको थियो । नगर सभामा व्यास नगर उर्जा विधेयक २०८३ लगायतका विधेयक तथा प्रतिवेदनहरु अनुमोदनार्थ पेश गरिएको थियो ।

Related posts

२८औं बर्षमा प्रवेश- विशेष सम्पादकीय

admin

अब चासो प्राकृतिक विपत्ति न्यूनिकरणमा-सम्पादकीय

admin

ऋषिङमा प्राविधिक शिक्षा, शिव सरस्वतीमा भेटरिनरी सञ्चालन हुने

admin