22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

फेरी बढ्दै ओमिक्रोन

दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएका कारण राहतको स्वास फेरेका नपालीलाई बढ्दो दुइदिन यता बढ्दो संक्रमणले चिन्तित तुल्याएको छ ।
तनहुँ आवाजले साप्ताहिक रुपमा अघिल्लो विहिबार देखि पछिल्लो बुधबारसम्मको अवधिको संक्रमणको अवस्थालाई हेर्दा ओमिक्रोनको संक्रमण पछिल्लो दुई दिनमा बढ्दै गएको देखिएको छ । माघ ८ गते शनिबार सबैभन्दा बढी ५०.७९ प्रतिशत रहेको संक्रमण दर त्यस यता क्रमष घट्दै गएर गतसाता सबैभन्दा कम १.१४ प्रतिशतमा झरेको थियो भने दैनिक संक्रमितको संख्या सय भन्दा कम भएको थियो । तर मंगलबार संक्रमणदर बढेर ३.०३ प्रतिशतमा पुग्यो भने बुधबार २.२१ प्रतिशत रहेको थियो । फागुन १९ गते विहिबार देखि फागुन २५ गते बुधबारसम्मको अवस्था विश्लेषण गर्दा यो साताको पहिलो दिन रहेको २.१३ प्रतिशतको संक्रमण दर साताको अन्तिम दिन बुधबार आईपुग्दा घटबढ हुँदै २.२१ प्रतिशतमा उक्लेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म जम्मा संक्रमित मध्ये नौ लाख ६० हजार १०८ जना संक्रमण मुक्त भएका छन् भने ११ हजार ९४९ जनाको मृत्यु भएको छ । यो सातामात्र कोरोना संक्रमणका कारण ०८ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साताको ११ जनाले ज्यान गुमाएका थिए । हालसम्म ६०–६९ उमेर समूहका सबैभन्दा धेरै दुइहजार ५०४ जनाले कोरोनाका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । यो साता दुइहजार छसय २० जना संक्रमित संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या पाँचहजार १२८ मा झरेको छ । मन्त्रालयका अनुसार साताभर भएको कुल परिक्षण ५० हजार १२८ मध्ये ८९६ जनामा संक्रमण पुष्टी भएको थियो । यो साता नौ लाख ८४ हजार ९७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

Related posts

सप्ताहव्यापी विश्व खाद्य दिवस

Deepak Joshi

हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा होः राष्ट्रपति पौडेल

admin

प्रकृतिक स्रोत तथा वित्त अयोगको नतिजा कार्यसम्पादनमा सुदूरपश्चिम उत्तम, मधेश कमजोर

admin