26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

महासंघको साधारणसभा जेठ २ मा

दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारण आगामी जेठ २ गते हुने भएको छ ।

शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा गत बिहिबार बसेको बैठकले साधारणसभाको मिति तय गरेको महासंघले जनाएको छ ।
जेठ १० गतेभित्रै सबै जिल्ला शाखाहरुको साधारणसभा गरिसक्न नेपाल पत्रकार महासंघले परिपत्र गरेपछि तनहुँ शाखाले साधारणसभाको मिति तय गरेको हो । ५१ जना सदस्य रहेको तनहुँ शाखाको साधारणसभा प्रत्येक डेढ वर्षमा गर्नुपर्ने प्रावधान छ ।

Related posts

सत्तागठबन्धनले बहुदलीय प्रतिष्पर्धालाइ निमोठ्यो, तनहुँ जिल्ला पनि ‘कुरुक्षेत्र’मा पर्ने टिप्पणी

admin

विद्यार्थीलाई दिवा खाजा

admin

क्यान्सर पिडित आर्थिक सहयोग जुट्दै

admin