24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

जिसस मार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

दमौली/सरकारी विज्ञापन वितरणसम्बन्धी सरकाको हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ तनहुँ शाखाले मंगलबार जिल्ला समन्वय समिति तनहुँ मार्फत् जिल्लाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ ।
शाखाका अध्यक्ष डिपी अधिकारीको नेतृत्वमा महासंघले सञ्चार क्षेत्रमाथि परेको असरप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई आग्रह सहितको ज्ञापनपत्र बुझाएको हो ।

साथै महासंघले बैशाख १० गते प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइ सकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते जारी सचिवस्तरीय निर्णयअनुसार सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएकाले उक्त निर्णयले निजी सञ्चारमाध्यमलाई प्रत्यक्ष रूपमा असर पार्ने र विभेद सिर्जना गर्ने उल्लेख गरिएको छ ।

Related posts

स्थानीय निर्वाचन सम्बन्धी कांग्रेसको अभियान: घर–घर जाऔं, कांग्रेस जिताऔं

admin

आगजनिले ध्वस्त कार्यालय सञ्चालनको प्रयास प्रारम्भ

admin

एकिकृत घुम्ति शिविर

admin