29.3 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

कौराह नृत्य

कौराह नृत्य प्रस्तुत गर्न तम्तयार ऋषिङ–१ धोवलाका मगर युवतीहरु । कौराह नृत्य मगर समुदायको लोकप्रिय र मौलिक लोकनृत्य हो । यो नृत्य मुख्यतया रिसिङ र घिरिङ क्षेत्रबाट सुरु भएको मानिन्छ । हाल यो मगर समुदाय रहेका देशका विभिन्न भागहरूमा प्रचलित छ । यो सामूहिक रूपमा नाचिने नृत्य हो । परम्परागत रूपमा, एक गाउँका युवाहरूले खैँजडी बजाउने र अर्को गाउँका युवतीहरूले नाच्ने चलन थियो । कौराह गीतहरूमा प्रायः माया–प्रेम, ठट्टा, युवावस्थाका भावना र सामाजिक जीवनका भोगाइहरू समेटिएका हुन्छन् । कौराह नृत्यले मगर जातिको पहिचान, एकता र सांस्कृतिक समृद्धिलाई झल्काउँछ । तस्वीरः विजय गुरुङ

Related posts

किसान केन्द्रित व्यासको पहल

admin

आर्थिक गणना समिक्षात्मक बैठक सम्पन्न

Deepak Joshi

प्रयोग नभइ राष्ट्रिय स्वार्थका लागि बलीदान गरौं पात्र परिवर्तन होइन संस्कार र प्रबृत्ति परिवर्तन गरौं

admin