28.7 C
Damauli
October 24, 2026
Tanahun Awaj
समाचार

सिद्धेश्वरीको ५७ औं वार्षिकोत्सव

कमलबारी/सिद्धेश्वरी माध्यमिक विद्यालय व्यास १२ को ५७ औं वार्षिकोत्सव तथा अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै व्यास नगर पालिकाका प्रमुख एवं प्रमुख अतिथी बैकुुण्ठ न्यौपानेले शिक्षा क्षेत्रको विकासमा नगर पालिकाले योगदान गर्दै आएको बताए । प्रमुख अतिथी न्यौपानेले विद्यालयका आँगनबाट बस चढेर विद्यार्थी निजी विद्यालयमा जाने वातावरणको अन्त्य गर्न अभिभावक, शिक्षकले प्रयत्न गर्नुपर्ने उल्लेख गरे । विद्यालयले भौतिक प्रगति गर्दै गएकोमा खुसी व्यक्त गर्दै न्यौपानेले अब शैक्षिक उन्नयनमा थप पहल गर्न आग्रह गरे ।

विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गानीधि लोहनी, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष सुवास कैनी, विव्यस पूर्व सदस्य विष्णुप्रसाद पन्थ, अक्षयकोष दाता बाबुराम कैनी, स्वाग्दी आमा समूहकी अध्यक्ष बसन्ती थापा, कमलबारी आमा समूहकी अध्यक्ष सान्नानी पाण्डे लगाएतले वार्षिकोत्सव कार्यक्रमको सफलताको कामना गरेका थिए ।
प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले भौतिक, शैक्षिक र आर्थिक प्रगति प्रतिवदेन प्रस्तुत गरेको कार्यक्रममा गत शैक्षिक शत्रमा एसईईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरु तथा २१ वर्ष देखि विद्यालयको बालकक्षामा अध्यापन गर्ने आएकी शिक्षक सिर्जना कैनीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको स्वाग्दी आमा समूह, पार्कीङ ट्रस्ट निर्माण गरेर सहयोग गरेको भोलेबाबा कन्सट्रक्सन एण्ड सः मिलका सञ्चालक देव रसाइलीलाई सम्मानित गरिएको थियो ।
उक्त अवसरमा विद्यालयमा अध्ययनरत १७ छात्र छात्रालाई अक्षयककोष मार्फत छात्रवृत्ती प्रदान गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । शिक्षक प्रतिनिधि छविदीप आलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक ज्ञानेन्द्र जिसीले गरेका थिए ।

Related posts

बाजागाजा सहित उत्साहका साथ ३०१औं पृथ्वी जयन्ती
शंकर भण्डारी भन्छन्–सरकारलाई धन्यवाद

admin

उच्च अदालत बाग्लुङ्गमा राना

admin

सत्यवतीमा गिरी

admin