18.2 C
Damauli
October 18, 2026
Tanahun Awaj
समाचार

शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण

दमौली/नेपाल शिक्षक संघ गण्डकी प्रदेश कार्यसमितिको आयोजना तथा नेपाल शिक्षक संघ तनहुँको व्यवस्थापनमा दमौलीमा दुइ दिने अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका संघमा जिल्ला अध्यक्ष, महिला उपाध्यक्ष, सचिव र स्थानीय अध्यक्षहरु सहभागी अन्तरक्रिया र प्रशिक्षणमा एआई मार्फत शिक्षणमा रुपान्तरण र नेतृत्व विकास सम्बन्धि विषय समेटिएको थियो ।
मंसिर १२ र १३ मा सञ्चालित कार्यक्रको पहिलो दिन सांगठनिक प्रशिक्षण प्रदान गर्नुका साथै सामूहगत अन्तरक्रिया गरिएको थियो । यसैगरी दोस्रो दिन एआइको परिचय र प्रयोग तथा शिक्षामा एआइको प्रयोग र भावि योजना विषयमा शिक्षक संघ तनहुँ सूचना प्रविधि विभागका प्रमुख श्रीकृष्ण आचार्यले सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा उत्प्रेरणा र नेतृत्व क्षमता सम्बन्धमा डा. तारा जीले सहभागीलाई जानकारी गराएका थिए ।

Related posts

गठबन्धन टुट्दा झल्यास्स भयो का“ग्रेस संविधान जोगाउन होइन, सत्तालिप्साको ठगबन्धन

admin

तनहुँमा पनि प्रहरी दिवस

admin

जेठ दुइ गते तनहुँ बारको २१औं अधिवेशनअध्यक्षको आकाँक्षी पाँच भन्दा धेरै, पद एक

admin