Tanahun Awaj
समाचार

सम्पादकलाई समवेदना

घिरिङ/तनहुँ आवाज साप्ताहिकका सम्पादक ऋषिराम पोख्रेललाई विभिन्न शुभेच्छुक संघसंस्था तथा इष्टमित्रहरुले समवेदना प्रकट गरेका छन् ।
पोख्रेलकी आमाको स्वर्गवास सँगै दुखमा रहेको पोख्रेल परिवारमा समवेदना प्रकट गर्न तनहुँमा कार्यारत बरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरु, नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँ, नेपाल रेडक्रस सोसाइटी तनहुँ, माछापुच्छ्रे टोल विकास संस्था परिवार बिरौटा पोखरा, सत्यवती मावि दमौली परिवार, नेपाल रेडक्रस सोसाइटी बेलटारी उपशाखा तनहुँ, वीपी विचार समाज तनहुँ, नेपाल पत्रकार महासंघ तनहुँ, प्रेस युनियन तनहुँ, लायन्स कल्ब अफ तनहुँ भानुभक्त, उद्यमशिल बचत तथा ऋण सहकारी, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ, सरस्वती आधारभूत विद्यालय घिरिङ–१ लगायत विभिन्न संघसंस्था तथा इष्टमित्रहरुको उपस्थिति रहेको थियो ।
पोख्रेलकी माताको ८१ वर्षको उमेरमा निधन भएपछि उनि आफ्ना भाईसँगै काजकिरियामा घिरिङ–१ अत्रौली स्थित आफ्नै निवासमा रहेका छन् । दिवंगत पोख्रेलकी तीन छोरा र एक छोरी मध्ये जेठा छोराको गत साल निधन भइसकेको छ भने उनको श्रीमानको पनि निधन भइसकेको छ ।

Related posts

पशुपालक कृषक लाभान्वित

admin

गाउँ तहबाटै काँग्रेस सुधार्न जिसीको आव्हान

admin

जनमोर्चाको पौडेल समूहलाई तनहुँको समर्थन (विज्ञप्ति सहित)

admin