28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

जन्मदिनमा वृद्ध–वृद्धालाई सहयोग

तनहुँ व्यास–१२ कमलबारीका छविदीप आले र सिर्जना थापा मगर दम्पत्तीले व्यास–५, पराशर आश्रम नजिकै रहेको जेष्ठ नागरिक चौतारीमा रहेका वृद्ध–वृद्धालाई फलफूल, चिनी, विस्कुट, साबुन तथा चियापत्ती र नगर सहयोग गरेका छन् । थापा दम्पत्तीले छोरी सान्वी आलेको दोस्रो जन्मदिनको अवसरमा सो सहयोग गरेका हुन् । गत वर्ष स्थानीय सिद्धेश्वरी माविका प्राथमिक तहका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका आले दम्पत्तीले जन्मोत्सव मनाउने खर्च आवश्यकता परेका नागरिकलाई सहयोग गर्नमा प्रयोग गर्ने बताएका छन् ।

Related posts

स्मृति दर्पणको लोकार्पण

admin

कृष्ण स्वरुपमा कृष्ण जन्माष्टमी मनाउँदै

admin

नेपालको धर्म, संस्कार र मौलिक संस्कृति माथि प्रहारः तीजको मौलिकता हराउन लागेको प्रति चिन्ता

admin