Tanahun Awaj
समाचार

पत्रकारको रोहबरमा आरोपी थुना मुक्त

तस्विरः हरिमान श्रेष्ठ

दमौली/जिल्ला कारागार तनहुँले एक आरोपीलाइ पत्रकारको रोहबरमा मुक्त गरेको छ । लम्जुङ्ग जिल्ला अदालतबाट जबरजस्ती करणी उद्योग मुद्धामा भाद्र २४ गते सफाइ पाएका आरोपी ३६ बर्षिय किसान नेपाली बुझ्न अभिभावक कोही नआएको र जेन जेडको आन्दोलनको कारण असहज परिस्थितिका कारण पत्रकारको रोहबरमा आरोपीलाइ सफाई पाउने फैसला बमोजिम कैद मुक्त गर्न परेको कारागारका निमित्त प्रशासक पुष्पराज राउतले बताए । मंगलबार नै लम्जुङ्ग जिल्ला अदालतका न्यायाधीश शिशिराज ढकालको इजलाशबाट आारोपी किसान नेपालीले सफाइ पाएका थिए । तनहुँ कारागारमा रहेका नेपालीलाइ लम्जुङ्ग जिल्ला अदालतको च.नं. ४२५ मिति २०८२।५।२४ को पत्रानुसार तनहँु कारागारले थुनामुक्त गरेको हो ।

Related posts

सन् २०५० सम्ममा क्षयरोग मुक्त हुने राष्ट्रिय लक्ष्य

admin

इन्जिनियर बन्न लाइसेन्स

admin

राजनैतिक बहस

admin