Tanahun Awaj
समाचार

११२औं बीपी जयन्ती

तस्विरः पृथ्वीराज मार्गमा कार्यरत श्रमिक सविन तामाङ

दमौली/बीपी विचार समाज तनहूँले मंगलबार भाद्र २४ गते विभिन्न जातका विरुवा रोपेर ११२औं बीपी जयन्ती मनाएको छ ।
बीपी विचार समाजका केन्द्रिय सदस्य शुकुमलाल गुरुङ्गले व्यास–१२ गोल्ला स्थित आफ्नो कार्यालय परिसरमा निमको विरुवा रोपेर ११२औं वीपी जयन्तीको उद्घाटन गरेका थिए । त्यसैगरी वीपी विचार समाज गण्डकी प्रदेशका पूर्व सचिव परशुराम गिरीले पनि सोही परिसरमा कपुर जातको विरुवा रोपेका थिए ।
वीपी विचार समाज तनहुँका कार्यवहाक सभापति क्या. रेशमबहादुर गुरुङ्गको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो सचिव पञ्चबहादुर गुरुङ्गले बताए ।

तस्विरः पृथ्वीराज मार्गमा कार्यरत श्रमिक सविन तामाङ

Related posts

पत्रकार कल्याणकारी कोषमा थपियो रकम

admin

नेत्रहीन संघले शुरु गर्यो‍ महायज्ञ

admin

तनहुँ समाज हङकङद्वारा विद्यार्थीलाई सहयोग

admin