Tanahun Awaj
समाचार

मन्दिरमा रोटरीको सडक बत्ती

तस्विरः सुनीता आचार्य

छाब्दी/रोटरी क्लब आफ दमौलीले छाब्दी बाराही मन्दिर परिसरमा सडक बत्ती जडान गरिदिएको छ । आईतबार एक समारोहको बीच सो सडक बत्तीको पहिलो पटक स्वीच अन गरेर उद्घाटन गरिएको थियो । मन्दिरको सेरोफेरोमा रहेका कलात्मक स्तम्भहरुमा २४ वटा बल्भ जडान गरिएको विना कैनीले बताईन । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम वडा नं. १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ, छाब्दी मन्दिर विकास कोषका अध्यक्ष थान बहादुर थापा, रोटरी क्लबका निवर्तमन अध्यक्ष जीवनकुमारी श्रेष्ठ, कोषका सल्लहकार गजेन्द्र पन्थ, इलेक्टेड प्रेसिडेन्छ नारायण मल्ल, सचिव सुवास गौतम ले सम्बोधन गरेका थिए । सो कार्यक्रममा क्लबका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले दशैं र तिहारमा सय मिटर लामो रोप लाइट एक थान र १० वटा कनेक्टर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Related posts

किसुनजीको १०१औ जयन्ती

admin

गजरकोटमा पुनः खनाल

admin

केसीलाइ पत्नि शोक

Deepak Joshi