Tanahun Awaj
समाचार

घिरिङ्गमा स्वास्थ्य शिविर

साभुङ्ग/सरस्वती माध्यमिक विद्यालयमा माघ २७ गते निःशुल्क स्वास्थ्य शिविर हुने कुरा घिरिङ्ग गाउँपालिकाले जनाएको छ । घिरिङ्ग गाउँपालिकाको आयोजनामा हुने सो शिविरमा कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले प्राविधिक सेवा प्रदान गर्ने कुरा हस्पिटलका म्यानेजर सुन्दर पोख्रेलले बताएका छन् ।
घिरिङ्ग गाउँपालिकाको वडा नं. ५ मा हुन लागेको सो निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ फिजिसियनबाट मुटु, फोक्सो, तथा पेट सम्बन्धी चेकजाँच हुनेछ । बरिष्ठ स्त्री रोग विशेषज्ञबाट तल्लो पेट दुख्ने, महिनावारी गडबडी सम्बन्धी समस्याको चेकजाँच हुनेछ । बरिष्ठ हाडजोर्नी तथा नाशा रोग विशेषज्ञबाट हाडजोर्नी सम्बन्धी सम्पूर्ण चेकजाँच गरिनेछ । शिविरमा ल्याव सेवा समेत उपलब्ध हुनेछ ।
रगतको परिक्षण, पिसाब, मुटु परिक्षण हुनुको साथै भिडियो एक्सरे सेवा समेत प्रदान गरिने म्यानेजर पोख्रेलले बताए ।

Related posts

तनहुँको गौरब जिल्ला सभाहल भित्रको लज्जा
सार्वजनिक संरचनामा बन्नु पर्ने र्‍याम्प बनेन
अपाङ्गता क्षेत्रका अधिकारकर्मि न्यायको शरणमा जाने

admin

स्व.रो.सचिन स्मृति दौड प्रतियोगिताको उपाधि गुरुङलाइ

admin

ट्रेड युनियनमा केसी

admin