21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

पूर्व विद्यार्थी मञ्चको साधरण सभा

साँगे/जनजुक्त शाही माध्यामिक विद्यालय पूर्व विद्यार्थी मञ्चको दोस्रो साधरण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ ।

oplus_1050624

व्यास नगरपालिका–५ साँगे नेपालटार स्थित बिद्यालय भवनमा भएको साधरण सभाको उद्घाटन बिद्यालयका पूर्व विद्यार्थी तथा विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य हरिशरण पण्डितले गरेका थिए ।
पूर्व विद्यार्थी मञ्चका अध्यक्ष प्रकाशराज वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सस्थापक अध्यक्ष भाग्यशाली ढुंगाना, निबर्तमान अध्यक्ष बलराम वाग्ले, सदस्य जगतबन्धु अर्याल लगायतले पूर्व विद्यार्थी मञ्चको एकताका लागि वनभोग, अक्षयकोष, विद्यार्थी सम्मान जस्ता कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।
मञ्चका कोषाध्यक्ष अनुपम कला न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा मञ्चको प्रगति प्रतिवेदन सचिव जनकराज काफ्लेले प्रस्तुत गरेका थिए ।

Related posts

आदिकविको प्रतिमा निर्माण हुने

admin

नयाँ वर्षमा बन्दिपुरमा सडक खाना महोत्सव

admin

आफ्नो उपचार खर्च आफै बेहोर्ने राष्ट्रपतिको चाहाना

admin