22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

लेखापढी परीक्षाको नतिजा सार्वजनिक
दमौली/तनहुँ जिल्ला अदालतले बुधबार लेखापढी व्यवसायी परीक्षाको नतिजा सार्वजनिक गरेको गरेको छ । तनहुँ जिल्ला अदालतले आफ्नो फेस बुक पेजमा राखेको नतिजा अनुसार लेखापढी व्यवसायीको परिक्षामा तीन सय पचासी जना उर्तिण भएको स्रेस्तेदार मिनबहादुर कुवँरले बताए ।
कानुनको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउन वस्तुगत, छोटो उत्तर र लामो उत्तर गरी ती प्रकारका प्रश्न पत्र थिए । सो परीक्षामा सतप्रतिसत परीक्षार्थी पास हुन सकुन भन्ने उद्देश्यले अभ्यास कक्षा समेत सञ्चालन गरिएको तनहुँ बार इकाईका कोषाध्यक्ष हरिमान श्रेष्ठले बताए । कोषाध्यक्ष श्रेष्ठका अनुसार छ सय सत्र जनाले परिक्षा फर्म भरेका भएतापनि परीक्षामा तीन सय पचासी जना मात्रै सहभागि भएका थिए ।
लिखित परीक्षामा सफल परीक्षार्थीलाई असार चार गते अन्तरवार्ताका लागि तनहुँ जिल्ला अदालतले आमन्त्रण गरेको छ । शनिवार विदाको दिन विहान सातै बजे अदालतमा बेलाईएको छ । अन्तरवार्ता दिन आउँदा पासपोर्ट साईजको दुईप्रति फोटो र नागरिकता साथैमा लिई एक घण्टा अगावै आउन समेत सूचित गरिएको छ ।

Related posts

शुक्लागण्डकीमा स्थानीय बिदा(बिज्ञप्ति सहित)

admin

करापुटार धाम

Deepak Joshi

चौंथो चरणमा जनतासंग नेता जोशी

admin