20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

चौतीस पत्रकारको स्वास्थ्य बीमा

दमौली/तनहुँमा क्रियाशिल ३४ जना पत्रकारको स्वास्थ्य बीमा गराइदिएर साउन १० गते व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने बीमा भएको निस्सा हस्तान्तरण गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको अनुरोधमा व्यास नगरपालिकाले जिल्लाका पत्रकारको स्वास्थ्य बीमा गराएको हो । विमित ३४ मध्ये १६ जनाको नविकरण गरिएको र १८ जनाको नयाँ दर्ता गरिएको महासंघले जनाएको छ ।
शाखाले शनिबार दमौलीमा आयोजना गरेको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकारहरुलाई बीमा प्रमाण हस्तान्तरण गर्दै पत्रकार महासङ्घको संस्थागत विकास र पत्रकारको स्वास्थ्यप्रति नगरपालिका संवेदनशिल रहेको बताउनुभयो ।
नगरप्रमुख न्यौपानेले कानुनी शासनमा खबरदारी गर्ने प्रमुख जिम्मेवारी पत्रकारहरुको रहेको चर्चा गर्दै निष्पक्ष, स्वतन्त्र र जिम्मेवार पत्रकारिताको विकाश गर्न महासंघलाइ सजग गराउनु भयो ।
सञ्चारमाध्यमलाई नगरपालिकाले विगत वर्षदेखि नै लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको, पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने पत्रकारलाई आर्थिक सहयोग गरेको नगर प्रमुख न्यौपानेले चर्चा गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्ले, शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्वअध्यक्ष ओमकार आचार्य, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश कमिटी सचिव एसवि नेपाली, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँ, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।
शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रताप रानाले गर्नुभएको थियो भने सञ्चालन सचिव  कृष्ण न्यौपानेले गर्नुभएको थियो ।

Related posts

चन्दको अवस्था अझै अज्ञात

admin

हुलाकलाई पत्रकार महासंघ तनहुँको आग्रह

Tanahun Awajweekly

मुटु दिवसमा स्वास्थ्य परिक्षण

admin