23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

ऋण असुलीमा उद्यमशीलको निरन्तर अग्रता

दमौली/उद्यमशील बचत तथा ऋण सहकारीले स्थापनाकालदेखि हालसम्म साँवाव्याज असुलीमा शतप्रतिशत प्रगती गर्न सफल भएको सहकारीका सचिव पूरुर्ण विकले बताए । सहकारीले आर्थिक बर्ष ०८१/०८२ को पनि ऋण लगानीको साँवा र व्याज शतप्रतिशत असुली गरी सहकारी अभियानको आफनो पाँचौं बर्ष पनि निरन्तर अग्रता कायम राख्न सफल भएको सचिव विकको दावी रहेको छ ।

सहकारीका अध्यक्ष इन्द्रलाल श्रेष्ठ ‘विकल्प’ ले आर्थिक बर्ष २०८१/०८२ मा चार करोड पचास लाख ऋण लगानि गरी सतप्रतिशत साँवाव्याज असुली गरी सहकारी अभियानमा निरन्तर पाँचौं बर्ष पनि अग्रता हासिल गर्न सकेको सुखानुभूति व्यक्त गरे । सहकारीको कूल पूँजी पाँच करोड ३६ लाख रहेको छ भने शेयर पूँजी दुइ करोड ७८ लाख रहेको अध्यक्ष श्रेष्ठको स्पष्ट पारे । उद्यमशिल सहकारी संस्थामा कुल शेयर सदस्य संख्या तीन सय ३७ जना रहेका छन् । सहकारीले हालसम्म लगानी गरेको कर्जा सतप्रतिशत असुलि गरेको ऋण लगानी उपसमिति संयोजक सुरेश अधिकारीले जानकारी दिए । ऋण लागनी शतप्रतिशत कायम गर्न ऋण लगानी उपसमिति सदस्यहरु पवनजंग कार्की र रवि भुजेल लगायतको समेत एकिकृत प्रयासबाट सफलता हासिल भएको ऋण लगानी उपसमिति संयोजक अधिकारीले बताए । स्थापनाको पाँच बर्षसम्म संस्थाले नियमित रुपमा शतप्रतिशत प्रगती हाँसिल गर्दै आउनुमा व्यवस्थापक र कर्मचारीको अथक मेहनतको नजिता रहेको अध्यक्ष वकिल्पले जानकारी दिए ।
शेयर सदस्यहरुको आफ्नो खाताको रकमको बारेमा मोवाइलबाटै जानकारी पाउन सकिने, उद्यमशील सहकारी संस्थामा आफ्नो खातामा रहेको रकमलाई आफ्नो खाता रहेको जुनसुकै बैंकमा मोवाइलबाटै रकम सारेर मुलुकको जहाँसुकै बैंकबाट समेत रकम झिक्न सकिने सुविधा रहेको उद्यमशील सहकारी संस्थाको व्यवस्थापक सन्दिप गुरुङ्गले बताए । बढ्दो प्रविधिकरणलाई ध्यानमा राखि क्लाउड वेब बेस्ड सफ्टवेयर, फोन पे, मोबाईल बैंिकङ्ग, एसएमएस बैंिकङ्ग, मोवाईलबाट बचत संकलन, क्यूआर स्क्यान मार्फत बचत निक्षेप सुविधा समेत संञ्चालन गरेर आफ्ना शेयर सदस्यहरुलाइ सुविधा दिलाएको छ ।

Related posts

सरोकारवालासंग अभिमुखीकरण

Deepak Joshi

नसोचेको सफलता, सफलताले दिएको अवसर र अवसरले लिने परीक्षामा रास्वपा

Deepak Joshi

प्रहरीद्वारा सार्वजनिक सुनवाई

admin