Tanahun Awaj
समाचार

कार्यपालिका बैठकका निर्णय

दमौली/व्यास नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले सात वटा निर्णय गरेको छ । अघिल्लो बैठकको निर्णयको समिक्षिा गर्दै बैठकले विभिन्न वडामा विनियोजित रकमलाई अत्यावश्यक र विपतजन्य कार्यमा रकमान्तर गर्न गरिएको सिफारिसलाई नगर सभाबाट अनुमोदन गर्ने गरी अनुमोदन गरेको छ । वडा नं ३ को कार्यालय भवन निर्माण ठेक्का समेतका ठेक्काहरुको सम्झौता अनुमोदन गरेको छ । विभिन्न समिति गठन गर्ने दुई निर्णय छन् । २७ विद्यालयमा प्रधानाध्यापक नियुक्तिलाई अनुमोदन गरेको छ । बैशाख महिनाभित्र नियुक्ति प्रक्रियाको सिफारि गरि पठाउने कार्यमा सहजीकरण गर्न शिक्षा शाखालाई निर्देशन दिएको छ ।

Related posts

महोत्सव सफलताको कामना-सम्पादकीय

admin

छुट्टाछुट्टै ४०औं बीपी स्मृती दिवस

admin

‘गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी’

admin