28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

व्यासका प्रमुखको अनुरोध

दमौली/व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सरकार र शिक्षकहरुसँग अनुरोध गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै न्यौपानेले काठमाडौं केन्द्र्रित शिक्षक आन्दोलनको निरन्तरताले सृजना गरेको शैक्षिक अवस्था प्रति व्यास नगरपालिकाको ध्यान आकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा न्यौपानेले सरकारलाई पटकपटक शिक्षकहरुसँग भएका सहमति कार्यान्वयन नहुनुले असन्तुष्टि र विद्रोहको अवस्था सिर्जना भई संविधान र व्यवस्था प्रति चुनौती दिन चाहनेलाई मलजल हुने भन्दै सो कुरा मनन गरेर शिक्षकहरुका मागहरु सम्बोधन गर्न अनुरोध गरेका छन् भने नतिजा प्रकाशन गर्नुपर्ने, विद्यार्थीको भर्ना गर्नुपर्ने विद्यमान अवस्थामा विद्यालय खाली गराई लामो समयसम्म आन्दोलनमा सहभागी भइरहने र आन्दोलनका नाउँमा कतिपय शिक्षकहरु व्यक्तिगत काम देखाई अन्यत्रै गएको पाइँएको हुँदा केही सामुदायिक विद्यालयका विद्यार्थीहरू निजी विद्यालयमा पढ्न वाध्य हुने अवस्थाले अनिश्चित कालीन आन्दोलन पछि शिक्षक आ–आफ्ना विद्यालय फर्कदा कतिपय विद्यालयहरूमा विद्यार्थी सून्य हुने अवस्था देखिने भन्दै त्यो विषम अवस्थाको समीक्षा गरी विद्यालय सञ्चालनमा सहयोग पु¥याउन शिक्षकहरूलाई आव्हान गरेका छन् ।

Related posts

महिला संघ अधिवेशन सम्पन्न

admin

वैशाख ४ र ५ मा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन

Deepak Joshi

चौथो चरणको चौथो दिन

admin