22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
समाचार

चौतारीको अधिवेशन माघ २२ मा

दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । प्रेस चौतारीको स्थापना दिवसको अवसर पारेर अधिवेशन गर्ने निर्णय गरिएको सचिव ऋषिकान्त दुवाडीले बताए ।
बैठकले शाखा अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । जसअनुसार प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष राजकुमार श्रेष्ठ विवि, प्रचारप्रसार उपसमितिमा सचिव ऋषिकान्त दुवाडी, आर्थिक सङ्कलन उपसमितिमा उपाध्यक्ष कृष्ण न्यौपाने, स्वागत सत्कार उपसमितिमा उपाध्यक्ष सम्झना रसाइली र खाना खाजा व्यवस्थापन उपसमितिमा सहसचिव किरण श्रेष्ठ संयोजक रहेको उपसमिति गठन गरिएको छ ।

Related posts

शुनपाको शैक्षिक अभियान

admin

शुक्रबार सार्वजनिक विदा

admin

निर्वाचन नजिकिदै गर्दा दलहरुमा बढ्दो आन्दोलित मानसिकता

admin