22.1 C
Damauli
October 29, 2026
Tanahun Awaj
समाचार

दमौलीमा एनपिएलको ट्रफी परेड

दमौली/दमौलीमा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी परेड गरिने भएको छ । सातै प्रदेशमा गरिने यो परेड दमौलीमा भने कार्तिक १० गते सोमबार गर्ने तालिका रहेको बताइएको छ ।
एलपिएलको पूर्वतयारी अनुसार पोखरा एभेन्जर्सको आयोजनामा सो दिन १२ः३० मा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

एनपिएल प्रतियोगिताको पहिलो संस्करण (२०८१ मंसिर १५ देखि पुस ६ सम्म) को सफलता पछि यस वर्ष पनि सो प्रतियोगिता संचालन गर्न लागिएको हो । यस वर्षको एनपिएल २०८२ मंसिर २ देखि २८ सम्म संचालन गर्ने तयारी रहेको छ । प्रतियोगितामा आठ टिमको सहभागिता रहने छ ।

Related posts

राप्रपा नेपाल तनहुँका तीन नेताद्वारा राजिनामा

admin

सामुदायिक भवन उद्घाटन

admin

संसदीय अभ्यासबाट दलको नेता चयन

admin