21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

ऋषिङमा शनिबार स्वास्थ्य शिविर

ऋषिङ/ऋषिङ गाउँ पालिकाको आयोजनामा स्थानीय शिवसरस्वती माविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा, लायन्स क्लब अफ पोखरा तथा ऋषिङ स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो । ऋषिङ स्वास्थ्य क्लिनिकका सञ्चालन सुरजकुमार श्रेष्ठका अुनसार शिविरमा वरिष्ठ मृगौला तथा उच्च रक्तचाप रोग विशेषज्ञ डा.अमृता केसी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. भीम सिग्देल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सिर्जना शर्माले सम्बन्धित विरामीको स्वास्थ्य परीक्षण गर्ने छन् । यसका साथै शिविरमा पेट, छाती, मुटु, सुगर, थाइराइड रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल र रेडियोलोजिष्ट विशेषज्ञ डा. नवराज पौडलले समेत सेवा प्रदान गर्नेछन् ।
“समय मै स्वास्थ्य जाँच गरौं, स्वस्थ बनौं” भन्ने नाराका साथ गर्न लागिएको शिविरमा ईसिजी सेवा, भिडियो एक्सरे सेवा प्रदान गरिने छ । निःशुल्क औषधी वितरण गरिने शिविरमा ल्याव परीक्षणको सुविधा समेत रहेको आयोजकले जनाएको छ ।
शिवसरस्वती माविको स्वर्ण महोत्सवको अवसर पारेर गर्न लागिएको शिविरमा झण्डै एक हजार विरामीले स्वास्थ्य परीक्षण सेवा लिने अपेक्षा गरिएको गाउँ पालिकाका प्रवक्ता विजय दरैले बताए । प्रवक्ता दरैका अुनसार शिविरका क्रममा साना शल्यक्रिया गर्न आवश्यक भए सो समेत गरिने छ ।

Related posts

दलीय छातामा विश्वमजदुर दिवश मनाइयो
बर्गिय हकहित र अवसरलाई गौंण बनाइयो

admin

जोशीको स्मृतिमा अक्षयकोष स्थापना

admin

अदालतको सेवामा संकुचन

admin