23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

भिमादमा सार्वजनिक सुनुवाई

भिमाद÷जिल्ला प्रशासन कार्यालय तनहुँले भिमादमा सेवा प्रवाह सम्बन्धमा सहजिकरण समन्वयका साथै सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
भिमाद नगरपालिकाको सहकार्यमा शुक्रबार भएको कार्यक्रममा भिमाद नपा का जनप्रतिनिधी, तनहुँका सरकारी कार्यालयका प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, व्यवसायी, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमान बहादुर थापा, नेकपा माओवादी केन्द्र भिमादका अध्यक्ष अमृत सिग्देल, सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रममा सहभागिले सेवा प्रवाह चुस्त बनाउनुका साथै लामो समयसम्म अलपत्र परेका योजनाबारे ध्यानाकर्षण गराएका थिए भने कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले अनलाईनबाट नागरिकता सिफारिस गर्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका कर्मचारी प्रताप पण्डितले गरेका थिए ।

Related posts

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

admin

समुदायमा काँग्रेस अभियान

admin

MCC विरुद्ध देशव्यापी आक्रोस, दमौलीमा झिल्को

admin