21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

शैक्षिक सामग्री वितरण

कमलबारी । गोरखा नपा–८ निवासी शंकरबहादुर कुँवरले सिद्धेश्वरी माध्यकिम विद्यालयका व्यास–१२ का २६ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
विहिबार विद्यालयमा अयोजित कार्यक्रममा एलआईसी नेपालका वरिष्ठ एजेन्सी मेनेजर समेत रहेका कुँवरले विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने गरिब तथा जेहन्दार बालबालिकालाई उक्त सामग्री वितरण गरेका हुन् । 
प्रति विद्यार्थी करिब चार सय रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको बताउँदै विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले कुँवरको सहयोगले विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार छात्र–छात्रालाई पढ्नमा प्रोत्साहन मिल्ने बताए । प्रअ अधिकारीले आगमी दिनमा पनि यस्ता सहयोगको अपेक्षा विद्यालयले गरेको र प्राप्त हुने विश्वास व्यक्त गरे । 
शैक्षिक सामग्री पाए पछि प्रसन्न मुद्रामा रहेका कक्षा १० का छात्र समिर विकले प्राप्त सहयोगले आफ्नो पढाइमा ठूलो सहयोग पुग्ने बताए अर्का देउबहादुर थापाले शैक्षिक समाग्री सहयोगले पढाइमा सहयोग पुग्ने बताए । 
विद्यालयका सहायक प्रअप्रतापसिंह अधिकारीले सञ्चालन गरेको शैक्षिक सामग्री वितरण कार्यक्रममा कुँवर तथा रुम टु रिडकी सञ्चार अधिकृत निष्ठा श्रेष्ठलाई स्वागत गरिएको थियो । 

Related posts

प्रदेश र स्थानीय सरकारलाई मुकुन्देश्वरीमा जुटाएर
१६औं शताब्दीको यो मन्दिर अर्को बर्ष व्यवस्थित गर्ने संकल्प

admin

तनहुँ–२ः जनप्रतिनिधि बनेर को छिर्ला संसद ?

Deepak Joshi

सांसद भण्डारीद्वारा
वडा कार्यालय उद्घाटन

admin