20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

सचिन स्मृति दौडः उपाधि बोगटीलाई

दमौली/रोट¥याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. रो.सचिन कुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२औ स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका–३ का दिनेश सिंह बोगटीले हात पारेका छन् ।
तनहुँको सदरमुकाम दमौली स्थित अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्मको ९ किमि दूरी २९ मिनेट १६ सेकेण्डमा पार गर्दै बोगटीले उपाधि जितेका हुन् ।
प्रतियोगितामा नुवाकोटका संजय तामाङले २९ मिनेट २१ सेकेण्डमा उक्त दुरी पुरा गरी द्वितीय र तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा सो दुरी पुरा गरी तृतीय भएका छन ।
त्यस्तै महिलातर्फ ५५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीकी चेतना कटुवाल प्रथम र ४५ मिनेटमा उक्त दूरी पार गर्दै दमौलीका १० वर्षीय संगम रानाभाट बाल धावक तर्फ प्रथम भएको क्लबका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

तस्वीरः आयुष पोखरेल

प्रतियोगितामा प्रथमलाई रु १५ हजार ५ सय, द्वितीय हुनेलाई रु १२ हजार ५ सय र तृतीय हुनेलाई रु ८ हजार ५ सय पुरस्कार प्रदान गरिएको छ । महिला तर्फ प्रथम र बाल धावकलाई जनही १ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा १ सय ११ जना धावकको सहभागिता रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।
सडक दुर्घटनामा परी मृत्यु भएका क्लबका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको सम्झनामा क्लबले हरेक वर्ष दौड प्रतियोगिता गर्दे आएको छ ।

Related posts

विवादास्पद निर्णयबाट पछि हट्यो व्यास

admin

२८औं बर्षमा प्रवेश- विशेष सम्पादकीय

admin

प्रारम्भिक तथा समन्वय वैठक सम्पन्न

Deepak Joshi