30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

छोरीको जन्मदिनमा विद्यार्थीलाई कापी कलम

कमलबारी/ व्यास १२ कमलबारीका छविदीप आले र सृजना आलेले छोरीको जन्मदिन फरक ढंगले मनाएका छन् ।
आले दम्पत्तीले छोरी सान्वीको जन्मदिनको अवसर पारेर घर छेउमा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयमा पूर्व प्राथमिक देखि कक्षा ५ सम्म पढ्ने बालबालिकालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेका हुन् । कक्षा ४ सम्मका विद्यार्थीलाई पेन्सील, इरेजर, पेन्सील कटर, कापी तथा ड्रईङ कपि एक–एक वटा तथा कलर पेन्सील सेट एउटा वितरण गरिएको तथा कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई ति शैक्षिक सामग्रीका अतिरिक्त डटपेन थप गरेर वितरण गरिएको आलेले बताए ।
हरेक वर्ष फरक यस्तै तर फरक काम गरेर छोरीको जन्मदिन मनाउने योजना रहेको बताएका आले दम्पत्तीले सोही अवसरमा विद्यालयको पुस्तकालयलाई दुइवटा पुस्तक समेत उपहार प्रदान गरे । सोही विद्यालयको शिक्षक समेत रहेका छविदीपले फरक ढंगले जन्मदिन मनाउने परम्पराको विकास होस् भन्ने हेतुले आफुले छोरीको पहिलो जन्मदिन विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेर मनाएको बताए ।
आर्थिक हिसाबले अधिकांश विद्यार्थीका अभिभावक कमजोर रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले शिक्षक आलेको परिवारले प्रदान गरेको शैक्षिक समाग्रीले विद्यार्थीको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने बताए । प्रअ अधिकारीले यसले अरुमा पनि फरक ढंगले जन्मदिन मनाउने सन्देश जाने विश्वास व्यक्त गरे । सात हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री ४५ जना विद्यार्थीलाई प्रदान गरियो ।

Related posts

काजक्रिया भन्दा ठूलो पितृ उद्धार कर्म

admin

उद्यमशील साकोसको छैटौं साधारण सभा सम्पन्न

admin

बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत

admin